बुधबार, १८ असार २०८२ ०६:४९

शुद्दोधनमा ‘प्रथम बी लेभल खुल्ला नकआउट भलिबल प्रतियोगिता-२०८०’ भाद्र १४ गते

बुधबार, १३ भाद्र २०८० १५:२२

शुद्दोधन । 

भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित शुद्दोधन गाउँपालिका-५, मानपकडीमा ‘प्रथम बी लेभल खुल्ला नकआउट भलिबल प्रतियोगिता-२०८०’ हुने भएको छ ।  जनैपूर्णिमाको पवन अवसरमा शुद्दोधन भलिबल एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगिता यही भाद्र १४ देखि १६ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु, स्याङ्जा गरि करिव ५ जिल्लाका टिमले सहभागी जनाउने खेल संयोजक एवं शुद्दोधन भलिबल एकेडेमीका व्यावस्थापक मान बहादुर बुढाथोकीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले २० हजार, ट्रफी र प्रमाणपत्र दोस्रो र तेस्रोले क्रमशः १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुका साथै विधागत तर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट खेलाडी र उदयमान खेलाडीले समेत नगद रु. २ हजार प्राप्त गर्ने  शुद्दोधन भलिबल एकेडेमीका अध्यक्ष देव बहादुर बुढाथोकीले जानकारी दिए। “राष्ट्रिय खेल भलिबलको प्रवर्दनसँगै खेलाडी पहिचानका लागि प्रतियोगिता राखिएको हो”, उनले भने ।

पत्रकार सम्मेलनमा बोल्दै एकेडेमीका बरिष्ठ सल्लाहकार एवं टिम प्रशिक्षक मोति थापाले भन्नुभयो “यस क्षेत्रमा पहिलो पटक बी लेभलको भलिबल प्रतियोगिता आयोजना गरेका छौ,  निकै रोचक र आकर्षक हुने आशा छ।“ उहाँले भलिबल खेलको विकासका लागि प्रतियोगिता आयोजना गर्न पनि निकै चुनौती रहेको बताए। तर भलिबल खेलको विकास गर्नु जरुरी भएकाले हामी प्रतियोगिता सञ्चालन गर्न प्रतिबद्ध भएको समेत बताए।

त्यस्तै एकेडेमीका सचिव तथा टिम क्याप्टेन अमित मगरले आफु र आफ्नो टिम उच्च मनोबलका साथ खेल्ने कुराको प्रतिबद्दता व्यक्त गरे । उनले खेल हार जित भन्दा पनि आफ्नो खेललाई अनुशासित तवरले प्रस्तुत गर्न समेत सम्पुर्ण टिमका खेलाडीहरुलाई आग्रह गरे ।

‘रास्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको सह-आयोजक नेपाल रास्ट्रीय खेलकुद महासंघ शुद्दोधन गाउँपालिका कमिटी रहेको छ।

Gagal mengambil konten.