मनोरञ्जन
गुरुङ संस्कृति र गाउँको सुन्दरता समेटिएको ‘लुम्रे गाउँ’ गीत सार्वजनिक
कास्की। गुरुङ समुदायको भाषा, संस्कृति, मौलिक पहिचान तथा गाउँको प्राकृतिक सुन्दरतालाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यसहित तयार पारिएको ‘लुम्रे गाउँ’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका मेलिना राईको स्वर रहेको गीतमा राम प्रसाद गुरुङको शब्द तथा संगीत रहेको छ। गीतको शब्द सिर्जनामा पासाङ गुरुङ (कान्छा) ले सहयोग गरेका छन्। गीतमा आन्दे गुरुङ (काले), रामप्रसाद गुरुङ, उषा गुरुङ र ममता गुरुङको पृष्ठभूमि स्वर रहेको छ।
बुद्धराज बज्राचार्यले पोखरास्थित बार डिजिटल स्टुडियोमा गीतको मिक्सिङ गरेका हुन् भने तेजेन्द्र गुरुङले काठमाडौंस्थित फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा एरेन्जको जिम्मेवारी सम्हालेका छन्।
म्युजिक भिडियोमा सेरिना गुरुङ मुख्य मोडलका रूपमा देखिएकी छन्। रामप्रसाद गुरुङ र एलिशा गुरुङले सहायक कलाकारका रूपमा अभिनय गरेका छन्। भिडियोको निर्देशन जस्सु गुरुङले गरेका हुन् भने निकोलस गुरुङले डीओपी तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन्। आकर्षण आचार्यले छायांकन, बिनिता गुरुङले मेकअप र लाइनअप स्टुडियोजले पोस्ट–प्रोडक्सनको काम गरेको छ। भिडियोमा जलन गुरुङको नृत्य निर्देशन रहेको छ।
शिव गुरुङ र दिलमाया गुरुङ निर्माता रहेको यस म्युजिक भिडियोमा १६ जना कोरस नृत्य कलाकारको सहभागिता रहेको छ। गीत तथा भिडियो निर्माणमा स्थानीय कलाकार र सिर्जनात्मक टोलीको सहकार्य देख्न सकिन्छ।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८, लुम्रेमा केन्द्रित यस सांगीतिक प्रस्तुतिले स्थानीय भूगोल, संस्कृति र पहिचानलाई व्यापक दर्शकमाझ पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। गीत निर्माणमा नव निश्चल युवा क्लब तथा मिर्मिरे आमा समूहले समेत सहयोग गरेका छन्।
‘लुम्रे गाउँ’ म्युजिक भिडियोले नेपाली मौलिक संगीतप्रेमी दर्शक तथा गुरुङ समुदायका दर्शकमाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।
भिडियो लिंक: https://www.youtube.com/watch?v=hrHVumaaIro





