पालिका खबर
चिल्हियामा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्को ९ सदस्यीय इकाई समिति गठन
सियारी, रुपन्देही
तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्ले संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै सियारीमा रहेको चिल्हिया इकाई समिति विस्तार गरेको छ।

आज आयोजित कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देही जिल्ला अध्यक्ष श्री राम बहादुर गुरुङ्ग प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री आशा गुरुङ्ग, कार्यक्रम सञ्चालक तथा संगठन सचिव श्रीमती दिलमाया गुरुङ्ग र प्रचार सचिव श्री तेज प्रसाद गुरुङ्ग (सन्जु) लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमबाट राम बहादुर गुरुङ्गको अध्यक्षतामा ९ सदस्यीय चिल्हिया इकाई समिति गठन गरिएको छ। नवगठित समितिको पदाधिकारीमा उपाध्यक्ष सीता गुरुङ्ग, सचिव सुदेश गुरुङ्ग, संगठन सचिव नेत्र बहादुर गुरुङ्ग र कोषाध्यक्ष इन्द्र बहादुर गुरुङ्ग चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा कुमार गुरुङ्ग, ज्ञान बहादुर गुरुङ्ग, औमाया गुरुङ्ग र पवित्र गुरुङ्ग रहनुभएको छ।

कार्यक्रममा नवगठित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सुदृढ र गतिशील बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।


