Skip to content

समाचार

भारतले खाने तेलको कच्चा पदार्मथ ा भन्सार घटाएपछि नेपाली तेल छनर्ाथतमा चुनौती

Author · September 25, 2026

Share
भारतले खाने तेलको कच्चा पदार्मथ ा भन्सार घटाएपछि नेपाली तेल छनर्ाथतमा चुनौती

भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर घटाएपछि नेपालबाट भारततर्फ हुने खाने तेलको निर्यात प्रभावित हुने सम्भावना बढेको छ।

नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये सोयाबिन तेल र सूर्यमुखी तेल प्रमुख छन्। भारततर्फको निर्यात ठप्प हुने अवस्था आएमा नेपालका खाने तेल उद्योगहरू बन्द हुनुका साथै मजदुरहरू कामविहीन हुने व्यवसायीहरूले बताएका छन्।

भारत सरकारले सेप्टेम्बर २४ तारिखदेखि सोयाबिन र पाम तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको १६.५ प्रतिशत भन्सार घटाएर ११.५ प्रतिशतमा झारेको छ। त्यस्तै, सूर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको १६.५ प्रतिशत भन्सार घटाएर ५.५ प्रतिशत कायम गरेको छ।

कच्चा पदार्थमा भन्सार दर ठूलो मात्रामा घटाइएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरलगायत अन्य क्षेत्रका नेपाली खाने तेल उद्योगहरूले भारतमा प्रतिस्पर्धा गर्न नसक्ने र निर्यात नै बन्द हुने अवस्था आउन सक्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताउनुभयो।

उहाँका अनुसार भारततर्फ निर्यात गर्ने उद्देश्यले आयात गरिएको कच्चा पदार्थबाट उत्पादन गरिएको प्रशोधित खाने तेल भने घाटा सहेरै भए पनि भारत निर्यात गर्नुपर्ने अवस्था आउनेछ।

साफ्टा सम्झौताअन्तर्गत भारततर्फ निर्यात हुने नेपाली खाने तेलमा शून्य भन्सार र करिब ५ प्रतिशत जीएसटी लाग्ने व्यवस्था थियो। तर, भारतले कच्चा पदार्थको भन्सार दर घटाएपछि नेपाली उद्योगहरूले पाउँदै आएको करिब ५ प्रतिशतको मार्जिनसमेत घटेको उद्योगीहरूले बताएका छन्।

यसले नेपाली खाने तेल उद्योगको भारततर्फको निर्यात प्रतिस्पर्धामा गम्भीर चुनौती थपिएको उद्योगीहरूको भनाइ छ।