समाचार
सियारीमा महत्त्वपूर्ण कागजातसहितको झोला हरायो, फेला पार्नेलाई पुरस्कारको व्यवस्था
रुपन्देही, असोज २८।
रुपन्देहीको सियारी गाउँपालिका–६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका उर्मिला भट्टराईको महत्त्वपूर्ण व्यक्तिगत तथा शैक्षिक कागजातहरू रहेको साइडब्याग हराएको छ।
असोज २८ गते बुधबार मणिग्रामबाट सौराहा, बेतहानी, अमुवा हुँदै विद्यालय आउने क्रममा भट्टराईको साइडब्याग हराएको हो। हराएको झोलाभित्र निजकै नाममा रहेका महत्त्वपूर्ण व्यक्तिगत तथा शैक्षिक कागजातहरू रहेको जनाइएको छ।
मणिग्रामदेखि सौराहा, बेतहानी, अमुवा हुँदै बर्दहवासम्मको उक्त सडकखण्डमा यात्रा गर्ने क्रममा कसैले झोला फेला पारेको भए सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिन आग्रह गरिएको छ।
झोला फेला पार्ने वा त्यसबारे कुनै जानकारी पाउने व्यक्तिलाई मनिषा पौडेल, पूजा पाण्डे वा प्रकाश पाण्डेमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, फेला परेको झोला विद्यालय प्रशासनमा बुझाएर सहयोग गरिदिन पनि अनुरोध गरिएको छ।
हराएका कागजातहरू सम्बन्धित व्यक्तिका लागि अत्यन्तै महत्त्वपूर्ण भएकाले झोला फिर्ता गरिदिने सहयोगी व्यक्तिलाई उचित धन्यवाद सहित पुरस्कारको व्यवस्था गरिने जनाइएको छ।
सम्पर्क नम्बरहरू:
- मनिषा पौडेल: ९८४७०९७९३७
- पूजा पाण्डे: ९८२४४०२०४८
- प्रकाश पाण्डे: ९८४७२२७६५९
हराएको झोला फेला पार्ने वा त्यसबारे जानकारी हुने जोकोहीलाई उल्लिखित सम्पर्क नम्बरमा जानकारी गराई सहयोग गरिदिन अनुरोध गरिएको छ।






