Skip to content

रुपन्देही–३(ख) मा उमाकान्त चपाईंको प्यानल विजयी, क्षेत्रीय नेतृत्व चयन

Author · September 29, 2026

Share
रुपन्देही–३(ख) मा उमाकान्त चपाईंको प्यानल विजयी, क्षेत्रीय नेतृत्व चयन

रुपन्देही ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नं. ३(ख) को क्षेत्रीय अधिवेशनको मतगणना सम्पन्न भएको छ। प्राप्त मतपरिणामअनुसार सभापति पदमा उमाकान्त चपाईं नेतृत्वको प्यानल विजयी भएको छ।

सभापति पदमा उमाकान्त चपाईंले २४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी दामोदर पंगेनीले १७० मत प्राप्त गर्नुभएको छ। त्यसैगरी, उपसभापति पदमा हुमराज ढकाल २८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी प्रतिभा खनालले ११६ मत प्राप्त गर्नुभएको छ। सचिव पदमा केशवप्रसाद अधिकारी २३३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी पल्टन चौधरीले १६८ मत प्राप्त गर्नुभएको छ। यस्तै, सहसचिव पदमा पंकज शर्मा गौतम २०४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। सहसचिव पदका प्रतिस्पर्धी बसन्ती रिजालले ४५ मत र सन्तोष भण्डारीले ८७ मत प्राप्त गर्नुभएको छ।



मतगणना सम्पन्न भएसँगै नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं. ३(ख) मा नयाँ क्षेत्रीय नेतृत्व चयन भएको छ। निर्वाचित पदाधिकारीहरूलाई समर्थक, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।



Latest News

पालिका खबर

चिल्हियामा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्को ९ सदस्यीय इकाई समिति गठन

चिल्हियामा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्को ९ सदस्यीय इकाई समिति गठन

सियारी, रुपन्देही तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्ले संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै सियारीमा रहेको चिल्हिया इकाई समिति विस्तार गरेको छ। आज आयोजित कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देही जिल्ला अध्यक्ष श्री राम बहादुर गुरुङ्ग प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री आशा गुरुङ्ग, कार्यक्रम सञ्चालक तथा संगठन सचिव श्रीमती दिलमाया गुरुङ्ग र प्रचार सचिव श्री तेज प्रसाद गुरुङ्ग (सन्जु) लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमबाट राम बहादुर गुरुङ्गको अध्यक्षतामा ९ सदस्यीय चिल्हिया इकाई समिति गठन गरिएको छ। नवगठित समितिको पदाधिकारीमा उपाध्यक्ष सीता गुरुङ्ग, सचिव सुदेश गुरुङ्ग, संगठन सचिव नेत्र बहादुर गुरुङ्ग र कोषाध्यक्ष इन्द्र बहादुर गुरुङ्ग चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा कुमार गुरुङ्ग, ज्ञान बहादुर गुरुङ्ग, औमाया गुरुङ्ग र पवित्र गुरुङ्ग रहनुभएको छ। कार्यक्रममा नवगठित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सुदृढ र गतिशील बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।