राजनीति
रुपन्देही–३(ख) मा उमाकान्त चपाईंको प्यानल विजयी, क्षेत्रीय नेतृत्व चयन
रुपन्देही ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नं. ३(ख) को क्षेत्रीय अधिवेशनको मतगणना सम्पन्न भएको छ। प्राप्त मतपरिणामअनुसार सभापति पदमा उमाकान्त चपाईं नेतृत्वको प्यानल विजयी भएको छ।

सभापति पदमा उमाकान्त चपाईंले २४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी दामोदर पंगेनीले १७० मत प्राप्त गर्नुभएको छ। त्यसैगरी, उपसभापति पदमा हुमराज ढकाल २८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी प्रतिभा खनालले ११६ मत प्राप्त गर्नुभएको छ। सचिव पदमा केशवप्रसाद अधिकारी २३३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी पल्टन चौधरीले १६८ मत प्राप्त गर्नुभएको छ। यस्तै, सहसचिव पदमा पंकज शर्मा गौतम २०४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। सहसचिव पदका प्रतिस्पर्धी बसन्ती रिजालले ४५ मत र सन्तोष भण्डारीले ८७ मत प्राप्त गर्नुभएको छ।
मतगणना सम्पन्न भएसँगै नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं. ३(ख) मा नयाँ क्षेत्रीय नेतृत्व चयन भएको छ। निर्वाचित पदाधिकारीहरूलाई समर्थक, कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।





