Skip to content

सहर्ष सहकारीको नवनिर्मित भवन तथा सहर्ष मार्ट उद्घाटन, १६औँ वार्षिक साधारण सभा सम्पन्न

Author

Share
सहर्ष सहकारीको नवनिर्मित भवन तथा सहर्ष मार्ट उद्घाटन, १६औँ वार्षिक साधारण सभा सम्पन्न

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२, भुजौली स्थित सहर्ष बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा (एकीकरण पश्चात् तेस्रो साधारण सभा) तथा सहर्ष मार्ट एवं नवनिर्मित भवन उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटनमन्त्री माननीय तुलसी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं विशिष्ट अतिथिका रूपमा उपस्थित रहेको थियो। त्यसैगरी शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नं. २ का अध्यक्ष कमल खड्का, जिल्ला सहकारी सङ्घका अध्यक्ष भीम तुलाचन तथा महासचिव दामोदर पंगेनी लगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नयाँ भवन तथा मार्ट सञ्चालनमा आएसँगै संस्थाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने र सदस्यहरूलाई आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने दिशामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सहकारी संस्थाहरूले सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यसै सन्दर्भमा सहर्ष बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत संरचना विस्तार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नवनिर्मित भवन तथा मार्ट सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, सहकारीकर्मी, संस्थाका सदस्य तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। नवनिर्मित भवन तथा सहर्ष मार्टको उद्घाटन र वार्षिक साधारण सभाले संस्थाको भावी प्रगति, संस्थागत सुदृढीकरण तथा सदस्यकेन्द्रित सेवा विस्तारमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।