Skip to content

Cgi Sys: Suspendedpage.cgi

निरन्तर वर्षाका कारण बागमतीमा उच्च बहाव, तटीय क्षेत्रमा सतर्कता आवश्यक

निरन्तर वर्षाका कारण बागमतीमा उच्च बहाव, तटीय क्षेत्रमा सतर्कता आवश्यक

निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा जलसतह अत्यधिक बढेको छ । उपत्यकाको पानी बाहिरिने मुख्य प्राकृतिक निकास मार्ग चोभार गल्छीमा बागमती नदी उर्लिएर तीव्र वेगका साथ बगिरहेको छ । काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, मनोहरालगायतका सबै साना–ठूला खोलाहरूको बाढी मिसिएर चोभार गल्छी हुँदै बाहिरिने गर्दछ । गल्छीको साँघुरो भू–बनोटका कारण यहाँ बागमतीको बहाव उर्लिएको देखिएको छ । उपत्यकाभित्र नदीहरूको जलसतह निरन्तर उकालो लागेपछि च्यासल, थापाथली, टेकु, बल्खु तथा बल्खु–सुन्दरीघाट क्षेत्रका करिडोर सडकहरूमा बाढी पस्ने र डुबान हुने जोखिम बढेको छ । सुरक्षा निकायले बागमती र विष्णुमती करिडोरका सडकहरूमा पानी ओभरफ्लो हुन सक्ने भन्दै तटीय करिडोर भएर यात्रा नगर्न र वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय विपद् व्यवस्थापन टोलीले नदी किनाराका सुकुम्बासी बस्ती तथा होचा भूभागहरूमा गस्ती र निगरानी बढाएका छन्। नेपाल मौसम विज्ञान विभागले बागमती नदी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले जलसतह खतराको तह नजिक पुग्न सक्ने चेतावनी दिँदै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान अनुरोध गरेको छ । बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको असरले उपत्यकासहित देशका विभिन्न भागमा वर्षा अझै केही समय जारी रहने सम्भावना रहेकाले थप सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

Read article
चिल्हियामा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्को ९ सदस्यीय इकाई समिति गठन

चिल्हियामा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्को ९ सदस्यीय इकाई समिति गठन

सियारी, रुपन्देही तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्ले संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै सियारीमा रहेको चिल्हिया इकाई समिति विस्तार गरेको छ। आज आयोजित कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देही जिल्ला अध्यक्ष श्री राम बहादुर गुरुङ्ग प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष श्री आशा गुरुङ्ग, कार्यक्रम सञ्चालक तथा संगठन सचिव श्रीमती दिलमाया गुरुङ्ग र प्रचार सचिव श्री तेज प्रसाद गुरुङ्ग (सन्जु) लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमबाट राम बहादुर गुरुङ्गको अध्यक्षतामा ९ सदस्यीय चिल्हिया इकाई समिति गठन गरिएको छ। नवगठित समितिको पदाधिकारीमा उपाध्यक्ष सीता गुरुङ्ग, सचिव सुदेश गुरुङ्ग, संगठन सचिव नेत्र बहादुर गुरुङ्ग र कोषाध्यक्ष इन्द्र बहादुर गुरुङ्ग चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा कुमार गुरुङ्ग, ज्ञान बहादुर गुरुङ्ग, औमाया गुरुङ्ग र पवित्र गुरुङ्ग रहनुभएको छ। कार्यक्रममा नवगठित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सुदृढ र गतिशील बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

Read article
शुद्धोधन बचत तथा ऋण सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न

शुद्धोधन बचत तथा ऋण सहकारीको १९ औं वार्षिक साधारण सभा सम्पन्न

रुपन्देही , भाद्र ४ रुपन्देहीको सियारी गाउँपालिका-७ पश्चिम अमवामा रहेको श्री शुद्धोधन बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष अजय अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथि अधिकारीले शुद्धोधन बचत तथा ॠण सहकारी संस्था आर्थिक अवस्थामा अन्य सहकारीभन्दा निकै अब्बल रहेको बताउनुभयो। साथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा पनि अन्य सहकारीभन्दा अगाडि रहेको उहाँले उल्लेख गर्नुभयो। सभाको अध्यक्षता सहकारीका अध्यक्ष कृष्णप्रसाद नेपालले गर्नुभएको थियो। उपाध्यक्ष टंकनारायण आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्रप्रसाद गुप्ताले गर्नुभएको थियो। सभामा अध्यक्ष नेपालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष ऋषिराम न्यौपानेले आर्थिक प्रतिवेदन र लेखा संयोजक हरिप्रसाद न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार मीननाथ शर्मा, पूर्व अध्यक्ष एवं सल्लाहकार झपेन्द्रराज अर्याल र बाह्य लेखापरीक्षक मधुप्रसाद खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो। साधारण सभाको अवसरमा सहकारीले असल कारोबारी, उत्कृष्ट कर्मचारी र निवर्तमान समितिका पदाधिकारीहरूलाई सम्मान गरेको थियो। साथै भाग्यशाली कुपन उपहार कार्यक्रम समेत सञ्चालन गरिएको थियो। हाल संस्थामा कुल २,३८८ जना शेयर सदस्य रहेका छन्। जसमा १,२०३ जना पुरुष र १,१८५ जना महिला रहेका छन्। संस्थाको कुल शेयर पुँजी ६ करोड २७ लाख ४ हजार २ सय रुपैयाँ र बचत/निक्षेप २२ करोड ८७ लाख ३९ हजार ८ सय ८९ रुपैयाँ ४५ पैसा रहेको छ। ५२२ जनालाई कुल ३० करोड २० लाख ५६ हजार ८ सय ८६ रुपैयाँ ऋण लगानी गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले १ करोड ६८ लाख ३ हजार ९ सय १७ रुपैयाँ २० पैसा खुद नाफा आर्जन गरेको छ र शेयर सदस्यलाई ११ प्रतिशत लाभांश वितरण गरेको छ। संस्थाले शेयर सदस्यको मृत्यु भएमा मृतकका हकवाला वा परिवारलाई किरिया खर्च स्वरूप २० हजार रुपैयाँ दिँदै आएकोमा आर्थिक वर्ष २०८३/०८४ देखि २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। सहकारीले २०८२ पुस ७ गते ३०० भन्दा बढी सदस्यको सहभागितामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास तालिम सञ्चालन गरेको थियो। ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८२ चैत १६ गते सियारी-६ मिलनचोकस्थित श्री सिद्धार्थ माविका कक्षा ११ र १२ का ८० जना विद्यार्थीलाई सहकारी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। त्यस्तै १९ औं स्थापना दिवसको अवसरमा २०८३ जेठ १२ गते निःशुल्क आँखा शिविर, मोतियाबिन्दु जाँच, निःशुल्क औषधि वितरण तथा चस्मामा अनुदान कार्यक्रम गरेको थियो, जसबाट ३०० भन्दा बढी नागरिक लाभान्वित भएका थिए। जेठ १३ गते अमवा बजार क्षेत्रमा सरसफाइ जागरण र जेठ १४ गते बृहत् रक्तदान कार्यक्रम तथा मूल समारोह सञ्चालन गरिएको थियो।

Read article
बुटवल उपमहानगर तमू विद्यार्थी छोंज धींको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

बुटवल उपमहानगर तमू विद्यार्थी छोंज धींको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

बुटवल, असोज ८ | गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा २०८३ असोज ३ गते बुटवलमा ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बुटवल उपमहानगर कार्यसमितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष श्री सरोज गुरुङ्गको अध्यक्षतामा सम्पन्न अधिवेशनमा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद्का केन्द्रीय सल्लाहकार श्री गंगा गुरुङ्ग प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् जिल्ला रुपन्देहीका प्रचार सचिव श्री तेज प्रसाद गुरुङ्ग (सन्जु), तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् बुटवल नगर अध्यक्ष श्री बुद्धि प्र. गुरुङ्ग, तमुस्यो ह्युल माङी रुपन्देही जिल्ला अध्यक्ष श्री बबिता गुरुङ्ग, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष श्री सोम गुरुङ्ग, तमु युवा छोंज धीं लुम्बिनी प्रदेशका उपाध्यक्ष श्री सुदिप गुरुङ्ग लगायत विभिन्न इकाईका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अधिवेशनबाट श्री मोनिका गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसैगरी श्री साहारा गुरुङ महिला उपाध्यक्ष, श्री ग्रीस गुरुङ पुरुष उपाध्यक्ष, श्री कृष्टिना गुरुङ सचिव, श्री सुजिता गुरुङ सह-सचिव, श्री सुहानी गुरुङ कोषाध्यक्ष, श्री अनुशा गुरुङ सह-कोषाध्यक्ष र श्री अषिम गुरुङ संगठन सचिवमा निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरूमा श्री अदिप गुरुङ, श्री प्रिन्सु गुरुङ, श्री रितिका गुरुङ, श्री मोहन गुरुङ, श्री जेनिशा गुरुङ र श्री प्रमिशा गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। अधिवेशनले नयाँ नेतृत्वसँगै बुटवल उपमहानगर क्षेत्रमा रहेका तमू विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विद्यार्थीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै तमू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरणमा विद्यार्थी संगठनले सक्रिय भूमिका खेल्ने विषयमा समेत जोड दिइएको थियो। कार्यक्रममा सहभागी अतिथि, विभिन्न इकाईका प्रतिनिधि तथा विद्यार्थीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै विद्यार्थीका आवाजलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो। बुटवल उपमहानगर कार्यसमितिको नयाँ नेतृत्व चयनसँगै रुपन्देहीमा तमू विद्यार्थी संगठनको सांगठनिक गतिविधिले थप गति लिने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी दाजुभाइ तथा दिदीबहिनी, अतिथि, प्रतिनिधि र शुभेच्छुकहरूको सहभागिताले अधिवेशनलाई भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Read article